शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:३७ |सिड्नीको समय: १५:३७ |काठमाडौंको समय: ११:२२

अस्ट्रेलिया बन्यो टि–२० क्रिकेट विश्व च्यापिम्यन, प्रधानमन्त्रीले बधाई दिदै भने, ‘एउटा अविश्वसनीय प्रयास’

एएनजेड खबरनोभेम्बर १५, २०२१
This image has an empty alt attribute; its file name is 255441677_636358460712456_3674218147456535506_n-1024x833.jpg


दुबई । वनडे क्रिकेटमा पाँच पटक विश्व च्याम्पियन भइसकेको अस्ट्रेलिया पहिलोपटक न्यूजील्याण्डलाई हराएर टी–२० विश्वकप हात पारेको छ । अस्ट्रेलिया टुर्नामेन्टको छैठौं च्याम्पियन हो । यसअघि भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेस्टइन्डीज र श्रीलंकाले यो उपाधि जितिसकेका छन् ।


मिशेल मार्शको ५० बलमा ७७ रन र डेभिड वार्नरको अर्ध शतकले छिमेकी मुलुक न्यूजिल्याण्डसँगको फाइनल प्रतिश्पर्धालाई अस्ट्रेलियाको पोल्टामा पारेको हो । पहिलो ब्याटीङका लागि पठाइएको न्यूजील्याण्ड टीमले क्याप्टेन केन विलियमसनको ४८ बलमा ८५ रनसहित चार बिकेटमा १७२ रन बनायो । यो टी–२० फाइनलको इतिहासमै सर्वोच्च स्कोर पनि थियो ।
जबाबमा ठूला म्याचका खेलाडि डेभिड वार्नर (३८ बलमा ५३ रन) र मार्श (५० बलमा ७७ रन)ले ७ बल बाँकी रहँदा केवल दुइ बिकेट गुमाएर अस्ट्रेलिया जिताइदिए । कंगारुहरुले ८ बिकेटमै बिजय हासिल गरे ।

दुइ वर्षअघि ५० ओभरको विश्वकपमा दुर्भाग्यपूर्ण ढँगले इंगल्याण्डमा फाइनल हार्ने न्यूजिल्याण्ड टीमलाई भने एकपल्ट पुनल् आइसीसी टुर्नामेन्टमा उपविजेतामै चित्त बुझाउनु परेको छ ।
न्यूजिल्याण्ड र अस्टे«ेलियाले सेमीफाइनलमा शिर्ष बरियतामा रहेका दुइ टीम इंगल्याण्ड र पाकिस्तानलाई हराएर फाइनलमा आफ्नो स्थान बनाएका थिए । दुबै टिमको जम्काभेट बनडे विश्वकप फाइनलका क्रममा सन् २०१६ मा भएको थियो, जतिबेला दुबै छिमेकी मुलुकले टूर्नामेन्टको सँयुक्त आयोजना गरेका थिए ।

यद्यपी, ब्रैन्डन म्याल्कमको टीम माइकल क्लार्कको टिमबाट मेलबर्नको मैदानमा हारेको थियो । त्यो म्याचमा न्यूजील्याण्ड १८३ रनमै सिमित भएको थियो भने अस्ट्रेलियाले प्रतिश्पर्धामा सात विकेटले जित हासिल गरेको थियो र पाँचौं पटक विश्वकप हत्याएको थियो ।


प्रधानमन्त्रीबाट बधाई
अस्ट्रेलियाको जितपछि खुशी हुँदै प्रधानमन्त्री स्कट मोरिसनले सामाजिक संजालमा यसरी हर्ष पोखे, ‘हाम्रा च्याम्पियनहरुले क्या मजाको अन्त्य गरिदिए । अस्ट्रेलियाको तर्फबाट आफ्नो पहिलो टी–२० ट्राफी घर लैजाने अविश्वसनीय प्रयास । म एरोन फिंच र सम्पूर्ण टीमलाई धेरै धेरै बधाई दिन चाहन्छु, तपाइहरुले हामीलाई गौरवान्वीत बनाउनु भो ।’

पुरस्कारको वर्षा
आइसीसी सुपर १२ पछि हरेक जीतका लागि टीमहरुले बोनस पुरस्कार पाए । सुपर १२ मंचमा हुने कुल ३० म्याचमा ४० हजार डलर अर्थात कूल १ करोड २० लाख डलर पुरस्कार बाँडियो । सुपर १२ मंचबाट बाहिरीने हरेक टिमले पनि ७० हजार डलर पाए । दुबै जोडदा कुल ५ लाख ६० हजार डलर बाँडियो ।

राउण्ड वानबाट बाहिरीने चार टिमले ४०–४० हजार डलर पाए । कुल एक लाख ६० हजार डलर यसमा खर्च भयो । राउण्ड वानमा बंगलादेश, आयरल्याण्ड, नामीबिया, नेदरल्याण्डस्, ओमान, पपुआ न्यूगिनी, स्कटल्याण्ड र श्रीलंकाका टिम थिए । अर्कोतिर अफगानिस्तान, अस्ट्रेलिया, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र वेस्टइन्डीजको टिम सुपर–१२ चरणमा पुगेका थिए । यी सबैलाई चित खुवाउँदै अस्ट्रेलिया टि–२०को हिरो बन्न सफल भयो ।

तपाइँको प्रतिक्रिया