मंगलबार, भदौ १७, २०८२ |Tue Sep, 2025
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा

एएनजेड खबरसेप्टेम्बर २, २०२५

काठमाडौं । नेपाली लघु चलचित्र ‘रिहाना’ दक्षिण कोरियाको विश्व प्रसिद्ध महोत्सव ‘३० औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर गरिने भएको छ । यस वर्षको यो प्रतिष्ठित महोत्सवमा नेपालबाट लघु चलचित्र तर्फ ‘रिहाना’ चयन भएको छ ।

महोत्सवमा यो चलचित्रको विशेष प्रदर्शनी ५ र ६ सेप्टेम्बमा गरिने निर्माण पक्षले जनाएको छ । यस पटक महोत्सवका लागि ३ हजार ५९ वटा लघु चलचित्र पेस भएकोमा उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल यसका निर्माता केदार भुसालले राजधानीलाई जानकारी गराए ।

यस’bout उनले भने,‘नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’ चलचित्र बुसानमा छनोट हुँदा ममा अझ ठुलो हौसला र प्रेरणा बढेको ।’

यो चलचित्रलाई अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो । यो चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन् । यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ । चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

यो लघु चलचित्रमा शिशिर विशंखेको छायांकन, गौरव कुमार मल्लिकको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि मिश्रण र राम लाल खड्काको प्रोडक्सन डिजाइनर रहेको छ ।

तपाइँको प्रतिक्रिया