शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

काठमाडौंमा बालेनको अग्रता कामयै

एएनजेड खबरमे २२, २०२२

काठमाडौं – काठमाडौं महानगरपलिकाको मत गणना आज नवौँ दिन पनि जारी छ । हालसम्म एकलाख १५ हजार ६५१ मत गन्दा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४० हजार ९२७ मत प्राप्त गरेका छन् ।

बालेन १७,३७९ मतले अगाडि छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ५४८ ल्याएकी छन् । दोस्रो स्थानमा झरेका नेकपा (एमाले)का केशव स्थापितले २२ हजार ६९६ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८५५ मतले पछाडि छन् ।

काठमाडौंका बत्तिस वडामा कुल एक लाख ९१ हजार १८६ मत खसेको थियो । अझै ७५ हजार ५३५ मत गन्न बाँकी छ ।

तपाइँको प्रतिक्रिया