शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२१ |सिड्नीको समय: १९:२१ |काठमाडौंको समय: १५:०६

गोदावरीमा दुवै पदमा कांग्रेस विजयी

एएनजेड खबरमे १९, २०२२

काठमाडौं– काठमाडौंको गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भइन् । गाेदावरीमा प्रमुख र उप प्रमुख दुवै दाेहाेरिएका हुन् ।

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए ।

उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमी प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छन् ।

तपाइँको प्रतिक्रिया