शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०६ |सिड्नीको समय: ०१:०६ |काठमाडौंको समय: २०:५१

‘द भ्वाइस किड्स’को उपाधि झापाका जेनिश उप्रेतीले जिते

एएनजेड खबरजनवरी १६, २०२२

काठमाडौं– बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन्। ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्स विजेता बनेका हुन्।
शनिबार भएको ग्रान्ड फिनालीमा विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

टिम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टिम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टिम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरूङ फाइनलमा पुगेका थिए।
६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहेको यो रियालिटी शोमा कोचको रूपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए।

तपाइँको प्रतिक्रिया